भेरोसेल खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने

१८ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने भएको छ ।

देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चीनले अनुदानमा दिएको १० लाखमध्ये ९ लाख डोज नेपाल आइपुगेको छ भने बाँकी एक लाख भोलिबुधबार काठमाडौं आइपुग्नेछ ।

भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ ।

कोभिसिल्ड खोप लगाएका १३ लाख भन्दा बढी नागरिक दोस्रो डोजको पर्खाइमा छन्, तर खोप सुनिश्चित भएको छैन ।