खोप जुटाउन रुसी राष्ट्रपति भ्यादमिर पुटिनलाई राष्ट्रपति भण्डारीको पत्राचार

काठमाडौँ । कोभिडविरुद्धको खोप कुटनीतिमा सक्रिय बनाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई पनि पत्र पठाएकी छन् । कोरोनाविरुद्ध सबैभन्दा पहिले खोप उत्पादन गरेको रुसका राष्ट्रपतिलाई पत्र पठाएलगत्तै बेलायतकी महारानीलाई पनि राष्ट्रपतिको पत्र पुगेको हो ।

कोभिड-१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन आग्रहसहित बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई पठाएको पत्र त्यहाँको विदेश मन्त्रालयमा पुगेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

यस्तै राष्ट्रपतिले अमेरिकी समकक्षी जो बाइडेन र भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्र लेखिसकेकी छन् ।