आज देशभर थप ४४८७ जनामा कोरोना पुष्टि, ११६ जनाको मृत्यु

१५ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षण भएको थियो । त्यस्तै २४ घण्टामा थप ११६ जनाको संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ।