कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री आपूर्ति नै रोकिएपछि दुई अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

४ जेष्ठ, काठमाण्डौ।सोमबार बसेको मन्त्रिपषिद्को बैठकले दुई देशको अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ।

वर्तमान सरकार गठनपछि हिजो पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो। बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल भएको छ।