कागेश्वरी अपडेट : आज दिनभर देश तथा विदेशमा घटेका मुख्य मुख्य समाचार

आजका मुख्य समाचारमा

आज शुक्रबार थप ११२ जना कोरोना संक्रमित, चारजनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ।

सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन : गृह मन्त्रालय

गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ ।

अध्यक्ष तिमिल्सिनाद्वारा आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह

राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालको प्रतिनिधिमण्डलले सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आज भेटी पछिल्लो समय आमपाठक-स्रोतालाई भ्रममा पार्ने गरी समाचारमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गरेको छ ।

बिरामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

कोरोना सङ्क्रमणबाट क्यालिफोर्नियामा ५० हजार जनाभन्दा बढीको मृत्यु

कोभिड १९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ ।

पूर्वमन्त्री नवीन्द्रराज जोशीको शल्यक्रिया, अझै ४८ घन्टा निगरानीमा राखिने

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । आज बिहान ३ बजेतिर उनलाई शरीरको देब्रे भाग नचल्ने समस्या देखिएर उपचारका लागि सुरूमा उनलाई वीर अस्पताल पुर्‍याइएको थियो।

पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ ।

शुक्रबार भारतमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको संख्या १२०

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५७७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ६३ हजार ४९१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

श्री चाँपावोट माध्यमिक विद्यालयको ४० औँ बार्षिक उत्सवमा विद्यालयकै इतिहासमा पहिलो पटक’अङ्कुर’ नामक स्मारिका विमोचन

काठमाण्डौको शंखरापूर नगरपालिका वडा नं १ चाँपावोटस्थित श्री चाँपावोट माध्यमिक विद्यालयले आज ४० औँ बार्षिक उत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम मनाउंदै छ ।

अनुमतिपत्रको परीक्षा पास गरेका एक महिनापछि अनुमतिपत्र दिइने

नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ ।

दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत

दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेको ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ ।

आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

मकवानपुरमा भिरबाट लडेर एकको मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिरामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

आज फागुन १४ गते शुक्रबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि सं २०७७ साल फागुन १४ गते शुक्रबार। तपाईंको राशिफल