आज शुक्रबार थप ११२ जना कोरोना संक्रमित, चारजनाको मृत्यु

१४ फागुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। त्यसै गरि हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार २७७ पुगेको छ।

गत २४ घन्टामा ३ हजार ९ सय ४४ पीसीआर परीक्षण भएको छ। देशभर हालसम्म ९३६ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ।