२३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिइने

५ फागुन, काठमाडौं । सरकारले आगामी २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ ।

बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो ।

यसअघि मन्त्रालयले ५५ वर्षमाथिकालाई खोप दिने योजना अनुरूप आन्तरिक तयारी गरेको थियो। खोप व्यवस्थापनका लागि अहिले ६० वर्ष माथिका नागरिकलाई प्राथमिकतामा राखिएको हो।