झापामा ३० वर्षीय पुरुषमाथि अप्राकृतिक करणी !

४ फागुन, झापा । झापामा पुरुषमाथि अप्राकृतिक करणी भएकाे छ । जिल्लाकाे  कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि अप्राकृतिक करणी भएको हो ।

घटनापछि पीडित पुरुष उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल भर्ना भएका छन् । घटना शनिबारको हो । करणीमा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई प्रहरीले सामान्य सोधपुछपछि छाडिदियो ।

जिल्ला प्रहरी कार्यालय झापाकाका अनुसार पुरुषमाथि अप्राकृतिक करणी भएको सूचना आएपछि अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय, विर्तामोडबाट टोली गएको थियो । र, अनुसन्धानका लागि दुवैलाई चौकी लगिएको थियो ।

अप्राकृतिक करणीमा १८ वर्ष मुनिका बालकलाई मात्रै कारबाही गर्न मिल्ने कानूनी व्यवस्था मुलुकी अपराध संहितामा छ । यो घटनामा पीडित पुरुष ३० वर्ष पुगेकाले मुद्दा चलेको हो ।