बालबालिकाको लागि अनलाइन कोडिङ संचालन

२७ माघ। काठमाडौं । नेपालमा पनि बालबालिकाको लागि अनलाइन कोडिङ संचालन भएको छ । एडमना डट नेट डिजिटल विज्ञापन प्लेटफर्मले बालबालिकाहरुको लागि अनलाइन कोडिङ कक्षाको साथै लर्न हब शुरु गरेको हो ।

एडमनाले यसको नवीनतम् उत्पादन ‘लर्निङहब डट अनलाईन’ जसले बालबालिकाका लागि अनलाईन कोडिंग कक्षा समावेश गरी बजारमा ल्याएको छ। यो कोर्ष अन्तराष्ट्रिय विज्ञहरुले सुपरिवेक्षण गरी डिजाइन गरेको हो र कलिला दिमागका लागि उपयुक्त रहेको बताएका छन्।

पाठ्यक्रमहरु विभिन्न अवधिमा उपलब्ध छन् । ८ घण्टा, ३२ घण्टा, ६४ र ९६ घण्टा।  अहिले कोडिङ कक्षा ६ वर्ष बालबालिकाहरुका लागि आर्कषक विषय भएको छ । जसले अभिभावकहरुको पनि ध्यान तानेको छ।

संसारभर स्कूलका विद्यार्थीहरुलाई कोडिङ सिकाउनु सामान्य भइसकेको छ। छिमेकी देश भारतका धेरै विद्यालयहरुले उनीहरुको नियमित पाठयक्रममा कोडिङ थपेका छन्। यस्ता कक्षाहरु नेपाली पाठ्यक्रममा कमी भएको पाइएपनि बालबालिकाहरुका लागि आवश्यकता रहेको शैक्षिक संस्थाहरुले महसुस गरेका छन्।