विदेश मन्त्रालयले भन्याे, नेपालमा ६ लाख भारतीय नागरिक छन् !

२२ माघ, काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालमा आफ्ना ६ लाख नागरिक बस्दै आएको जनाएको छ। भारतको माथिल्लो सदनमा बिहीबार विश्वका २ सय २१ वटा देश वा भूभागमा भारतीय नागरिक बस्दै आएको जानकारी दिएको हो।

मन्त्रालयको अनुसार ती देशमा भारतबाट १ करोड ३१ लाख १४ हजार नागरिक रहेका छन्। त्यसमध्ये नेपालमा ६ लाख बस्दै आएका छन्।  यो संख्या विदेशमा बस्ने भारतीयहरुको करिब साढे ४ प्रतिशत हो । नेपाल भारतीयहरु सबैभन्दा बढी बस्ने सातौँ राष्ट्र हो।

मन्त्रालयका अनुसार सबैभन्दा बढी भारतीय नागरिक संयुक्त अरब इमरेट्स ‘युएई’मा छन्। सो देशमा ३१ लाख नागरिक रहेको मन्त्रालयले जनाएको छ।