काठमाडाैंमा मध्यरातमै सहकारीबाट २ लाख चोरी

२१ माघ, काठमाडौं । काठमाडाैंमा मध्यरातमा एक सहकारी संस्थाबाट २ लाख रुपैयाँ चोरी भएकाे छ । नेपाल प्रहरीले दिएकाे जानकारी अनुसार मंगलबार राती संसार सहकारी संस्थाबाट नगद २ लाख रुपैयाँ चोरी भएको हाे ।

प्रहरीका अनुसार दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका-१० शंखमुलस्थित संसार सहकारी संस्थाबाट नगद २ लाख २४ हजार रुपैयाँ मंगलबार राति चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।