३ पुस, एजेन्सी । गायक तथा होस्ट आदित्य नारायण र उनकी पत्नी अभिनेत्री श्वेता अग्रवाल हनिमुनका लागि कश्मीर पुगेका छन् ।
यो चिसो मौसमा पनि उनीहरु कश्मीरको प्राकृतिक सुन्दरतामा रमाइरहेका छन् । तस्बिर शेयर गर्दै आदित्यले लेखेका छन् ‘हनीमुन शुरु, पृथ्बीमा स्वर्गको दर्शन, कश्मीरमा पहिलो पटक’ । फ्यानले तस्बिरलाई लाइकको समेत वर्षा गरेका छन् ।
उनीहरूले सार्वजनिक गरेको तस्बीरमा श्वेता पिंक कलरको स्वेटरमा देखिएकी छिन् भने आदित्यले ज्याकेट लगाएका छन् ।
आदित्य र श्वेताले गत १ डिसेम्बरमा विवाह गरेका थिए । उनीहरुको विवाहको तस्बिर तथा भिडियो अहिले सामाजिक संजालमा भाइरल समेत भइरहेका छन् । दुबैले विवाहमा समेत मस्ती गरेका थिए ।












