पत्नी श्वेतालाई चुम्बन गरेको फोटो पोष्ट गर्दै आदित्यले लेखे ‘विल फाइन्ड यू, एण्ड आइ विल म्यारी यू ‘

२० मंसिर, काठमाडौं । गायक, होस्ट र एंकर आदित्य नारायण विवाह बन्धनमा बाँधिए छन् । उनले प्रेमीका श्वेता अग्रवालसँग गत मंगलबार विवाह गरेका छन् ।

उनले गत मंसिर १६ (डिसेम्बर १)तारिखका दिन वैवाहिक जीवनमा बाँधिएका उनले बिहीबार नायिका श्वेता अग्रवाललाई चुम्बन गरेको तस्बीर सामाजिक सञ्जालमा सेयर गरेका छन् भने उनले आफ्नो फेसबुक र इन्स्टाग्राममा लेखेका छन् “आइ विल फाइन्ड यू…एण्ड आइ विल म्यारी यू…” । उक्त तस्बिरलाई ९४ हजार भन्दा धरैले मन पराएका छन् भने १८ हजार भन्दा धेरैले वैवाहिक जीवनको शुभकामना दिएका छन्

गायक तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आदित्य नारायण र नायिका श्वेता अग्रवालले नातेदार र नजिकका इष्टमित्रको मात्र उपस्थितिमा १ तारिखमा विवाह गरेका हुन् ।

श्वेतासँग आदित्य करिब ११ वर्षदेखि प्रेम सम्बन्धमा छन् । उनीहरु चलचित्र ‘शापित’ मा आदित्य नारायणको अपोजिटमा  श्वेताले अभिनय गरेकी थिइन् । यहीबाट उनीहरुको प्रेमको सुरुवात भएको थियो ।

विवाह बन्धनमा बाँधिए आदित्य नारायण

[sidebar name="button post"]