Ad #144479

८ मंसिर, काठमाडौं । संगीतकार अर्जुन पोखरेलले संगीत भरेको नबोली नबोली गीतले ८ लाख रुपैयाँ आम्दानी गरेको छ । गीत सार्वजनिक भएको २ महिनामा एक करोड बढीको भ्युज पुग्दा ८ लाख आम्दानी भएको संगीतकार पोखरेलले बताएका छन् ।

उनका अनुसार गीतको म्युजिक भिडियो बनाउँदा जम्मा २ लाख रुपैयाँ लगानी भएको थियो । १ लाख १६ हजार लाइक बटुलेको गीतमा ६ हजार ६ सय बढी कमेन्ट छन् । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने प्रविन भेडवाल र समिक्षा अधिकारीको स्वर छ ।

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । यो गीतलाई अर्जुन आफैले निर्माण गरेका हुन् । जसले लगानी मात्रै उठेको छैन, अतिरिक्त आम्दानी पनि भएको छ । भिडियो औषत भएपनि गीत संगीत राम्रो भएकै कारण आम्दानी राम्रो भएको हो ।