भ्रष्टाचारविरुद्ध सेरिनको कविता प्रतियोगिता

अजय खत्री

काठमाण्डौ । नेपालका लागि शिक्षा र अनुसन्दान केन्द्र (सेरिन)ले भ्रष्टाचारविरुद्ध कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालमा बढ्दै गएको भ्रष्टाचारको साङकेतिक रुपमा विरोध गर्न सेरिनले रचनात्मक रुपमा अनलाइन कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।

शिक्षाको क्षेत्रमा काम गर्दै आएको सेरिनले नेपालका दुर्गम भेगका विद्यालयमा पुगेर पूस्तकालय स्थापना, शिक्षक तालिम, विद्यार्थी अभिमुखीकरण लगायतका काम गर्दै आएको छ ।

कोरोनाले गर्दा ठप्प बनेको सामाजिक जनजीवमा भ्रष्टाचारविरुद्ध आवाज उठाउनुपर्ने भन्दै सेरिनले साउन १३ गते कविता प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगितामा सहभागि हुन सेरिनले सबैलाई आह्वान गरेको छ ।