रमिता दंगाल
३ फाल्गुन, काठमाण्डौ। झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक, नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक तथा पाठ्यपुस्तक लेखक डा. तारानाथ शर्माको मंगलबार बिहान ८७ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि डिमेन्सिया(विस्मृति) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आएका शर्माको आज बिहान ८: २१ बजे आफ्नै निवासमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। ।
उनको जन्म १९९१ साल असार ९ गते इलामको बरबोटेमा भएको थियो। ‘बेलाइततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका लेखक शर्माका नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन् ।
उनको मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने भएको छ । शर्माका दुई छोरा र श्रीमती रहेका छन् ।
[sidebar name="button post"]









