जन गायक जेबी टुहुरेकाे ७८ वर्षकाे उमेरमा निधन

१० भदौ, काठमाण्डौ। जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ। टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

कलंकीस्थित घरमा पक्षघात भएपछि उनलाई भदौ १ गते अस्पताल पु¥याएका थिए। अस्पताल पुग्दा उनको मस्तिस्कमा रगत जमेर हातखुट्टा चल्न छोडेको अस्पतालले जनाएको छ।

उनका आमा दिदी बैनी हो, चौरी चर्ने ठाउँमा लगायतका गीत चर्चित छन्। आफ्ना गीतहरु मार्फत आन्दोलनहरुमा अग्र मोर्चामा देखिने उनी महिला अधिकार र सशक्तिकरणका पक्षमा वकालत गर्थे।