वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

६ श्रावण, काठमाण्डौ। वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

केही समययता मुटुको समस्या भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचाररत अवस्थामा निधन भएको हो।

उनले पचास वर्षअघि राष्ट्रिय प्रतिभा पुरस्कार पाएका थिए भने अरू पनि थुप्रै सम्मानबाट विभूषित थिए। उनको परिवारमा दुई छोरीहरू छन् ।