कलाकार तथा युवा ज्योतिष हरिहर अधिकारीलाई पितृ शोक

११ जेष्ठ, काठमाण्डौ। कलाकार तथा युवा ज्योतिष हरिहर अधिकारीलाई पितृ शोक पारेको छ । उनका बाबु रामबहादुर अधिकारीको सोमबार बेलुका निधन भएको हो ।

अधिकारीमा २० दिनअघि कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएसँगै एक हप्ताअघि नेशनल अस्पताल कलङ्कीमा उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

हरिहरको परिवारका सम्पूर्ण सदस्यमा सङ्क्रमण देखिएकोले उनीहरू कीर्तिपुरस्थित घरमा आइसोलेसनमा रहेका छन् ।