मंगोलियन हार्टका गायक राजु लामाको म्युजिक भिडियो ‘शैलुङ्गे मैला’ सार्वजनिक

नेपालका चर्चित ब्याण्ड मंगोलियन हार्टका गायक राजु लामाको स्वर र अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘शैलुङ्गे मैला’ सार्वजनिक गरिएको छ । गायक लामाले आज महाराजगन्ज स्थित रोयल पार्टि भ्यनु एन्ड क्याफे (Royal Party venue and Cafe) मा कार्यक्रम गर्दै आफ्नै युटुब च्यानल राजु लामा मंगोलियन हार्ट बाट भिडियो रिलिज गर्नु भएको हो ।

गायक लामाको स्वर रहेको यो गितमा लिरिक्स / म्यूजिकको काम अनिल लामाले गर्नु भएको हो । त्यस्तै निर्देशन सोनाम पाख्रिन गर्नु भएको छ ।भिडियोको सम्पादन , सिनेमेटोग्राफरको काम पवन सुस्लिङले गर्नु भएको हो। म्युजिक भिडियोमा गायक लामा संगै एलिशा राई र साजन मोक्तानको अभिनय देख्न सकिन्छ।

तीन घण्टा अगाडि मात्रै सार्वजनिक गरिएको म्युजिक भिडियोलाई १३ हजार भन्दा बढीले हेरिसक्नु भएको छ । त्यस्तै २ सय भन्दा बढी राम्रो प्रतिक्रियाहरु पनि देख्न सकिन्छ । यसबाट गित र म्युजिक भिडियो एकदमै उत्कृष्ट बनेको अनुमान सहजै लगाउन पनि सकिन्छ ।

[sidebar name="button post"]