Ad #144479

एजेन्सी । आलुलाई तरकारीको राजा पनि भन्ने गरिन्छ । आलु मन नपराउने मानिस कमै होलान् । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरु तरकारीको तुलनामा सस्तो पनि पर्ने भएकाले धेरैले यसलाई रुचाउँछन् ।

आलु पोषक र स्वास्थ्यवर्द्धक मानिन्छ । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी ऊर्जा हुन्छ। आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ ।

यी हुन आलु खानुका फाइदा
१. रक्तचाप
२. क्यान्सरबाट बचाउँछ
३. मुटुको स्वास्थ्य
४. मस्तिस्कको लागि फाइदाकारी

तर यसरी भण्डारण गरिएको आलु प्रयोगले त्यति फाइदा भने पुर्याउदैन । यस्ता केही आलु छन् जसलई प्रयोग गर्दा त्यसले नकारात्मक असर पर्छ ।

हरियो रंग
बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु सेवन नगरौं । यस्तो आलुको हरियो भाग काटेर प्रयोग गर्नुपर्छ । आलुको हरियो भागमा सेलेनाइन विषाक्त पदार्थ हुन्छ ।

टुसा आएको आलु
आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ । तर हामी टुसा अंकुराएको आलु सेवन गर्छौ, जो स्वस्थ्यकर मानिदैन ।

चाहुरि परेको आलु
लोमो समय राखेको आलुमा रहेको पानीको मात्र नष्ट भएसँगै आलु चाहुरिन पुग्छ । जसलाई विउको रुपमा प्रयोग गर्ने गरिन्छ ।