Ad #144479

एजेन्सी । जीवनमा सफलता हात पार्नु छ भने सबैभन्दा पहिलो निरन्तरता दिनु महत्वपूर्ण कुरा हो । घरका कुनै पनि सदस्यले पुरै मेहनत र ईमान्दारीसँग काम गर्दा पनि सफलता प्राप्त हुँदैन् भने वास्तुशास्त्रसँग जोडिएको कुनै गल्ति भएको हुन सक्छ।

कुनै न कुनै समय जो कसैलाई पनि समस्याहरुको सामना गर्नु पर्ने हुन्छ। केही व्यक्तिहरु त यस्ता समस्यामा अल्झिएर जीवनका महत्वपूर्ण पलहरुलाई पनि बिर्सन्छन्। त्यसैले विभिन्न समस्याबाट छुटकारा पाउनका लागि वास्तुशास्त्रका यी ५ कुरा ध्यान दिनुहोस्ः

आफ्नो कुरा राख्ने क्षमता
सफलता चुम्न सक्षम मानिससँग आफ्नो कुरा सबैले बुझनेगरि राख्ने क्षेमता हुन्छ । उसले जस्तो सुकै कठिन समयमा पनि आफ्नो कुरालाई सहज र सरल तरिकाले राख्न सक्छ । जसको कारण उसले सफलता प्राप्त गर्न सक्छ ।

ठुला सपना नदेख्नु
आकाशबाट तारा टिपेर ल्याउने किसिमको सपना नबनाउँनुहोस् । यर्थातमा पुरा गर्नसक्ने रणनीति बनाउनुहोस् । बिहान उठेर हरेक दिन गर्ने कामको प्लान बनाउनुहोस् । आफुले बनाएको प्लान अक्षरस कार्यान्वयन गर्न ध्यान दिनुहोस् ।

भाग्यमा भन्दा आफुमाथि विस्वस गर्नु
सफलता प्राप्तगर्न यो कदम अत्यन्त महत्वपूर्ण हुन्छ । जो मानिस आफ्नो किस्मत आफै लेख्न लागि पर्छ उसको सफलतालाई कसैले रोक्न सक्दैन । कर्ममा विस्वास गर्ने मानिस समय भन्दा अगाडि सोच्ने क्षमता राख्छ ।

असफलतासँग नडराउनु
धनी बन्ने सपना बुन्नु भएको छ भने, कामगर्दा हुनसक्ने असफलतासंग नडराउनुहोस् । असफलताले निराश नबन्नुस् त्यहीबाट सफलको बाटो पहिल्याउनुहोस् । असफलताले नै फलताको बाटो देखाउँछ । जसले तपाईको निर्णय लिनसक्ने क्षमताको वृद्धि गराउँछ ।

आफै प्रति जबाफदेयी बन्नु
धनीबन्न जबाफदेहीताको निकै ठुलो भूमिका हुन्छ । यदि आफै जबाफदेही बन्न सकेन भने उसले कुनैपनि काम सहितरिकाले गर्नै सक्दैन ।