चुम्बनलाई रचनात्मक बनाउने यस्ता छन्, तरिका !

चुम्बनका धेरै फाइदा छन् । चुम्बनले शब्दबिना भाव सञ्चार गर्दछ । चुम्बन मायाको एक कला हो । यसलाई कसरी रचनात्मक बनाउने भन्ने कुरा तपाईंमा भर पर्छ ।

मानिसको ओठले कुनै पनि बस्तु वा अंगलाई छुनुलाइ चुम्बन भन्ने गरिन्छ । कुनै चिज अतिनै मन परेमा मानिसले चुम्बन गर्ने गर्दछ । मानिस मानिस बीच हुने चुम्बन त कतिपय मानिसहरुको दैनिक रुटिन पनि हुने गर्दछ ।

चुम्बनका धेरै राम्रा कुराहरु हुदाँ हुँदै पनि यसका नराम्रा असरहरु पनि छन् । हाम्रो जस्तो अनुदार समाजमा सार्बजनिक स्थानमा चुम्बन गर्नु अनैतिक र गैरकानुनि पनि मानिन्छ । सामाजिक चुम्बन पनि नेपाली समाजमा नौलो नै छ र यसलाई पनि नेपाली समाजले सहज रुपमा लिन सकेको छैन ।

जिब्रो जुधाई चुम्बनलाइ “फ्रेंच किस” भनेर पनि भनिन्छ । यस प्रकारको चुम्बन गर्दा दुबैजनाको मुख खुला हुन्छ र दुवै जनाले आ-आफ्नो जिब्रो प्रयोग गर्दछन । जिब्रोको अधिक प्रयोग हुने र दुबैजना सक्रिय रुपमा एक अर्काको अनुभब गर्न सक्ने हुनाले यस्तो चुम्बन लामो समय सम्म जारी रहन सक्छ ।

पालै पालो ओठ मा गरिने चुम्बन गर्दा १-२ सेकेन्डको लागि अर्को साथीको माथिको ओठ आफ्नो ओठको बीचमा लिएर चुम्बन गर्ने त्यस पछि तेस्तै गरेर तलको ओठ लाइ चुम्बन गर्ने । एक छिनमा फेरी अघिकै प्रक्रिया गर्ने । यस्तै टोक टाक चुम्बन यसलाई बाइट वा नीप कीसिंग पनि भनिन्छ ।

चुम्बन गर्दा आफ्नो साथीको ओठलाई बिसतारै आफ्नो दातले टोकिदिने । तर, यसरी टोक्दा एकदमै साबधानी पूर्बक, नदुख्ने गरेर टोक्नु पर्छ । दुखेमा चुम्बनको मज्जानै खेर जाने सम्भाबना हुने हुनाले यस्तो चुम्बन अतिनै साबधानी पूर्बक गर्नु पर्ने हुन्छ ।

यस्तै चुम्बन गर्नी अर्को तरिका भनेको अचम्मित पार्ने चुम्बन पनि हो । आफ्नो साथी मस्त निन्द्रामा भएको बेला उसको ओठमा हल्का चुम्बन गर्न सकिन्छ । यो चुम्बन उक्त साथी नबिउझे सम्म जारि राखेमा साथीलाई मीठो शुख हुन्छ ।

चुम्बन गर्ने अर्को तरिका भनेको पेय पदार्थ चुम्बन पनि हो । यो चुम्बन गर्नु अगाडी आफ्नो साथी लाइ मन पर्ने पेय पदार्थ मुखमा राखेर यसको लगत्तै फ्रेंच कीस गर्दा सो मन पर्ने पेय पदार्थले गर्दा तपाइको साथीलाइ अझ बढी आनन्द प्राप्त हुन्छ । चुम्बन गर्नी धेरै तरिका छन् यस्तै न्यानो चुम्बन रमाइलो को लागि गरिने अर्को चुम्बन हो ।

मानिसको कानको तलको भागमा चुम्बन गर्दा तपाइको साथीलाइ अलिक बढी नै रमाइलो हुन्छ । घाँटीको वरिपरी चुम्बन गर्दा बिस्तारै तल माथि गर्दै कानमा हल्का रुपमा आफ्नो मुखबाट तातो हावा छोडीदिदा तपाइको साथी अतिनै चाडै उत्तेजित हुने सम्भाबना हुन्छ ।

[sidebar name="button post"]