के तपाई कपाल लामो बनाउन चाहानु हुन्छ ?

एजेन्सी । धेरैजसो महिलामा कपाल झर्ने समस्या हुन्छ भने कतिलाई कपाल लामो नहुने समस्याले पिरोलेको हुन्छ। कपाल निकै कम मात्रामा बढ्ने वा बढ्दै नबढ्ने समस्याका कारण धेरै हुन सक्छन्।

कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । अझै बढि महिलाहरूलाई आफ्नो कपाल लामो र सुन्दर बनाउन मन पर्छ । तर चाहेर पनि बनाउन सकिरहेका हुँदैनौ । कतिपय युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ ।

स्याम्पु र कन्डिसनर प्रयोग गरिसकेपछि मोटो दाँत भएको काँइयोले कोरेर अल्झिएका कपाल फुकाउनुपर्छ । यसो गर्दा सुकेपछि कपाल अल्झिने चिन्ता हुँदैन । यसका लागि विभिन्न रसायन मिसाइएका सौन्दर्य प्रशाधन प्रयोग गरिन्छन् । रसायनका कारण कपाल बिग्रने गर्छ ।

प्याज र अण्डाको सेतो भाग
अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

प्याजका साथ कागती
कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ ।

प्याजको रस
प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर
बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल
नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह
कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

[sidebar name="button post"]