एजेन्सी । दिनको सुरुवात बिहानीबाट भएजस्तै हाम्रो दैनिकी पनि बिहानबाटै सुरु हुन्छ । दिन शुभसँग बितोस् भन्ने सबैको चाहना हुन्छ । त्यसैले दिनलाई शुभ बनाउन बिहानीको संघर्ष अपरिहार्य हुन्छ ।
सामान्यतया मानिसहरु आफ्नो दैनिकी अनदेखा गरिरहेका हुन्छन् जसले उसको जीवन शैली नै खतरामा पर्न जान्छ। हामी हरेक दिन निदाउँछौं। बिछ्यौनामा पल्टिन्छौ र बिहानी पख उठ्छौँ।विशेषतस् विहान जब तपाइको आँखा खुल्छ, तब के गर्नु हुन्छ त ? प्रत्येक बिहान उठ्दा भुलेर पनि यी काम नगर्न एस्ट्रोलोजर प्रेम शर्मा सुझाव दिन्छन्।
जति सक्यो सबेरै उठेर आफ्ना क्रियाकलाप शुरु गर्नतर्फ लाग्नुस् । पूजा पाठ, व्यायाम, प्रणायम गर्नुस् । व्यायाम हिँडाइ वा योग सबै गर्न उपयुक्त समय पनि बिहान नै हो । बिहानको स्वच्छ हावाले शरीरलाई थप फाइदा दिन्छ ।
- बिहान उठ्ने बित्तिकै बादविवाद गर्ने काम नगर्नुस्। मोबाइलबाट कुरा नगर्नुस्। त्यही अनुसार तपाईँको दिनको सुरुवात हुन्छ।
- बिहान ढिलासम्म नसुत्नुस्। ब्रम्हमू्र्तको समयमा उठ्नुस्। सूर्य उदाउनु अगाडि उठ्नु अत्याधिक राम्रो हुन्छ।बिहान बिहान कसैमाथि रिस नदेखाउनुस्। कसैले काम बिगारेको छ भने नम्र भए र रसकारात्मक भएर सम्झाउने गर्नुस्।
- अपशब्द बोल्दै नबोल्नुस्।बिहान बिछ्यौनामै पल्टेर टीभी हेर्ने बानी छ। अझ आजकाल त मोबाइल हेर्ने बानी चलेको छ।
- एउटा आँखालाई पनि घाटा छ । हत्या,हिंसा, बलात्कार वा अन्य जघन्य अपराधका समाचारले दिनको खराब सुरुवात हुन जान्छ।
- दूध हालेको चिया खाँदै नखानुस्। यसले ग्यास्ट्रिक, ग्यास्ट्रिकले अल्सर अलसरले क्यान्सर हुन सक्छ। आजकाल त अझ बेड टी अर्थात ओछ्याउनमै चिया खाने धेरैको बानी हुन्छ। यो काम बन्द गर्नुस्।
- बरु बिहान मनतातो पानी खानुस्। बिहान उठ्ने बित्तिकै ऐना नहेर्नु होला। धेरैको प्राय यही बानी छ। यसले तपाइको शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना बढी शरीरमा उत्पन्न गराउँछ।
[sidebar name="button post"]










