श्रीमान श्रीमतीले कहिल्यै नगर्नुस् अरुसँग यी ५ कुरा, नत्र जे पनि हुनसक्छ

एजेन्सी । श्रीमान् श्रीमती एकै रथका दुई पांग्रा हुन् । रथको एक पांग्रा विग्रिए वा नभए रथ अगाडि जान सक्दैन त्यस्तै श्रीमान् श्रीमतीबीच समस्या उत्पन्न भयो भने रथ रुपी सम्बन्धपनि अघि बढ्न सक्दैन्।

बिहे भइसकेका श्रीमानश्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तुलित राख्नको लागि संधै सचेत हुनुपर्छ । पतिपत्नी बीच कहिलेकाहीँ झगडा त भइहाल्छ तर त्यही झगडाको कुरा अरु तेस्रो व्यक्तिलाई सुनाउँदा त्यसले समस्या सुल्झने भन्दा पनि बिग्रने खतरा बढी हुन्छ ।

‘बुढाबुढीको झ गडा परालको आगो’ भन्ने त लोक उक्ति नै छ । त्यसैले सामान्य समस्या पति पत्नीबीच पर्नु स्वभाविक नै हो । त्यस्ता समस्यालाई आपसी छलफल र कुराकानीबाट समाधान गर्न सकिन्छ । यदी सामान्य सम स्या पनि दुई जनाबाट बाहिर जान थाल्यो भने समस्याले थप जटिलता सिर्जना गर्छ । यस्तो व्यवहारले परिवार नै ध्वस्त हुने अवस्थामा समेत पुग्ने गरेको छ ।

आफूहरुबीचको सम्बन्धका बारेमा खुल्ला रुपमा साथीहरुसँग कुरा गर्नु र व्यक्तिगत कुरालाई सामाजिक सञ्जालहरुमा सेयर गर्दा कहिले काही समस्या थप जटिल हुन जान्छ । पतिपत्नीबीच कतिपय कुराहरु नितान्त व्यक्तिगत हुने गर्छ जुन कुरा तपाइँले अरु साथीलाई सुनाउँदा उसले त्यसस्ता कुरामा खेल्ने मौका पाउँछ । उसले त्यस्ता विषय तपाईंका शत्रु वा पति÷पत्नीलाई सुनाइदिने समस्या पनि पर्न जान सक्छ जसका कारण समस्या थप बढ्न जान्छ ।

बेडरुमको कुरा
तपाइँको जति मिल्ने साथी भएपनि बेडरुमको कुरा कहिल्यै अरुसाथीहरुसँग सेयर नगर्नु । यो तपाइँको व्यक्तिगत कुरा हो । तपाइँको बेडरुमको कुरा अन्य व्यक्तिले चासो रुपमा त सुन्लान् तर तपाइँकै पछाडी उसले जोकको रुपमा अन्य साथीहरुलाई पनि सुनाउन सक्छन् ।

आर्थिक अवस्थाका कुरा
पति वा पत्नीले एक अर्काको कमाई वा आर्थिक अवस्थाका बारेमा अन्य साथीहरुसँग सेयर गर्नुहुँदैन । दुःख,सुखको कुरा पतिपत्नी बीच मात्रै राख्नु पर्छ । मेरो श्रीमानको कमाई राम्रो छैन् वा मेरो श्रीमतीले राम्रो कमाई गर्न सक्दैनन् भनि अरुलाई सुनाउँदा उनीहरुले तपाइँको आर्थिक हैसियत जान्ने मौका पाउँछन् । र , तपाइँलाई उनले सजिलै नजरअन्दाज गर्नसक्छन् ।

पति पत्नीबीचको झगडा
पति पत्नीबीच कहिलेकाहीँ झगडा हुन सक्छ । माथि नै भनिएको जस्तो पति पत्नीको झगडा परालको आगो जस्तै हो । तर यही कुरा अर्को पक्षकहाँ पुग्दा त्यसले उग्र रुप लिने सम्भावना पनि हुन जान्छ । वा तेस्रो पक्षले त्यस्ता कुरामा खेल्ने सम्भावना पनि हुन जान्छ । त्यसैले पति पत्नीबीच भएको समस्यालाई आपसी छलफल कुराकानीमा समाधान गर्न जरुरी हुन्छ ।

नकारात्मक कुरा
पति पत्नीको सम्बन्ध सधैं राम्रो मात्र हुन्छ भन्ने हुँदैन । यो दुई पक्षबीचको आपसी सहमतिको सम्बन्ध भएका कारण यो सम्बन्धलाई राम्रो बनाउन सकेसम्म सकारात्मक सोच राख्न आवश्यक हुन्छ । पति वा पत्नीको नकारात्मक मात्र कुराबारे साथीभाइसँग सेयर गर्नुभयो भने उनीहरुले पनि त्यसमा हो मिलाउने र दुई जनालाई मिलाउनु भन्दा एक पक्षलाई उचाल्ने, डिभोर्सका लागि उक्साउने आदी कार्य गर्न सक्छन् । त्यसैले नकारात्क विषयलाई मात्र नभइ सकारात्मक विषयलाई प्राथमिकता दिने गर्नुहोस् ।

पूरानो सम्बन्धको बारेमा कुरा
पति वा पत्नी दुबैले आफ्नो विवाहित साथीको पूरानो सम्बन्धका बारेमा कसैसँग कुरा गर्नुहुँदैन । तपाइँका साथीहरु तपाइँको शुभचिन्तक मात्र हुनसक्छ भन्ने छैन,उनीहरु तपाइँको पूरानो सम्बन्धको बारेमा थाहा पाउँदा इमोशनल ब्ल्याकमेल गर्ने खतरा समेत हुनसक्छ । जुन तपाइँको वैवाहिक सम्बन्धलाई बिगार्छ ।

[sidebar name="button post"]