एजेन्सी । हामिले महिलालाई कपाल हेरेर चिन्ने गर्छौ । टाढैबाट लामो कपाल भएको देख्दा महिला नै हुन् भनि ठम्याउछौ । कपाल महिलाको सुन्दरताको प्रतिक हो । लामो कपाल नहुने महिला सुन्दर देखिदैनन् ।
एक महिलाको कपाल अत्यधिक लामो भएकाले विश्वकिर्तिमान राख्न सफल भएकी छिन् । अमेरिकाकी आशा मन्डेलाको कपाल ५५ फिट लामो र तौल २० किलो रहेको छ । यो कपाल धुनको लागी ६ बोतल स्याम्पु खर्च हुन्छ ।
कपाल सुक्नलाई पूरा एकदिन लाग्ने गरेको जनाइएको छ । कपाल अति लामो भएकै कारण उनले २५ वर्षयता कपाल कोर्न पाएकी छैनन् । कपालकै कारण उनीसँग कोही बिहे गर्न चाहँदैनथ्यो । तर, एक दिन हेयर ड्रेसर इमानुएल शेगको नजर उनीमाथि पर्यो र उनले आशासँग बिहेको प्रस्ताव राखे । अन्तत: यी दुईको बिहे भयो । भिजेको उनको कपाल सुक्न पनि दिनभर नै लाग्छ ।हालै हेयर ड्रेसर इमानुएलसँग विवाह पनि भएको छ ।
लामो कपालले गर्दा उनलाई समस्या हुदा डक्टरले काट्न सल्लाह दिदा पनि उनले काटिनन् । उनले आशा हेयर प्रोडक्ट्स र एसेसरीजको विज्ञापनमा काम गर्ने गर्छिन् । जसबाट उनले लाखौ डलर पनि कमाइरहेकी छिन् । उनको कपाल हेर्न धेरै मानिसहरु आउने गर्छन् ।










