सफल जीवन जिउनका लागि गान्धीका प्रेरक भनाईहरु

एजेन्सी। विश्व इतिहासमा महात्मा गान्धी यस्ता एक्ला दार्शनिनक हुन्, जो सिद्धान्तको प्रतिपादक मात्र नभएर युगका महान नेता पनि बने ।

त्यसैले उनलाई विश्व जगतले अहिले पनि उच्च आदर र सम्मान प्रकट गर्छ । दोस्रो विश्वयुद्धको चपेटाबाट त्रसित विश्वलाई अहिंसाको मार्गबाट पनि परिवर्तन सम्भव छ भन्ने विश्वस्त गराउन उनी सफल रहे ।

गान्धीका प्रेरक भनाई

  • जहाँ प्रेम छैन त्यहाँ जीवन छैन ।
  • स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो ।
  • मानिस आफ्नै सोचाइको उत्पादन हो ।
  • व्यक्ति त्यहि बन्छ जे उसले सोचेको हुन्छ ।
  • मेरो अनुमति बिना मलाई कसैले पनि पीडा दिन सक्दैन ।
  • कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमा दिनु ठूलो मान्छेको गुण हो ।
  • खुसी तब मात्र मिल्छ जब तिमीले सोच्ने,भन्ने र गर्ने कुराहरुबीच मेल खान्छ ।
  • जब झुसिल्कीराले अब संसार सकिँदैछ भन्ने सोच्छ तब उ सुन्दर पुतलीमा परिणत हुन्छ ।
  • पुस्तक र मोतीमा यति मात्र फरक छ । मोती बाहिर चम्किन्छ अनि पुस्तक अन्तस्करणमा ।
  • पहिले तिनीहरुले तिम्रो बेवास्ता गर्नेछन् । तिमी माथि हाँस्छन् । तर अन्तिममा तिमीले राज गर्छाै ।
  • तिमी यसरी सिक कि तिमी सधैँभरी बाँच्दछौ । तर तिमी यसरी बाँच कि तिम्रो मृत्यु भोली नै हुँदैछ ।
[sidebar name="button post"]