“म एकदमै राम्रो महसुस गरिरहेको छु।” पाँच वर्षदेखि नुहाउन बन्द गरेका चिकित्सक डा. जेम्स हम्ब्लिन आफ्नो निर्णयबारे सोधिने प्रश्नको यसरी नै जवाफ दिन्छन्।
“तपाईँलाई बानी पर्दै जान्छ। सामान्य महसुस हुन्छ,” उनले भने। ३७ वर्षका हम्ब्लिन येल विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका प्राध्यापक तथा निरोधात्मक उपचारबारे विशेषज्ञता भएका चिकित्सक हुन्।
‘पहिला पनि महामारी देखेकै थियौँ, अहिले डर लागेन’, १०० वर्ष नाघेका सङ्क्रमितको अनुभव कोरोनाभाइरसबारे यस्ता दाबी नपत्याउनुहोस्
उनी अमेरिकी म्यागेजिन द एट्लान्टिकमा पनि लेख्ने गर्छन्। सन् २०१६ मा त्यहाँ उनले एउटा लेख छपाएका थिए जसको शीर्षक ‘मैले नुहाउन छाडेँ तर पनि जीवन निरन्तर चल्यो’ रहेको थियो।
“हामीले आफ्नो जीवनको दुई वर्ष नुहाएर बिताउँछौ। त्यसमध्ये कति समय ( र पैसा अनि पानी) खेर गयो?” उनले लेखेका थिए।सन् २०२० मा ३७ वर्षका हम्ब्लिनले आफ्नो अनुभवलाई आफ्नो पुस्तक “क्लीन: द न्यू साइन्स अफ स्कीन एन्ड ब्यूटी अफ डूइङ लेस” मा चर्चा गरेका छन्।
हम्ब्लिनको विचारमा हामीले साबुन पानीले हात सफा गर्न र निरन्तर दाँत माझ्न भने छाड्न हुँदैन। शरीरका अरू अङ्गहरूको बारेमा हामीले त्यो स्तरको ख्याल गर्नु नपर्ने उनको भनाइ छ।
नुहाउन बन्द गर्ने उनको निर्णय एउटा प्रयोगका रूपमा सुरु भएको थियो। “मलाई के हुँदो रहेछ भन्ने जान्न मन लाग्यो। एकदमै कम नुहाउने धेरै मानिसहरूबारे मलाई जानकारी थियो। उनि आफैँमा परीक्षण गरेर कस्तो प्रभाव पर्छ भन्ने हेर्न चाहन्थेँ।”
सन् २०१५ देखि उनले नुहाउन बन्द गरेका हुन्। उनले भने “समय क्रममा तपाईँको शरीर अझ बढी अभ्यस्त हुँदै जान्छ त्यही भएर साबुन वा स्प्रेको प्रयोग नगर्दा पनि नराम्रो गन्ध आउन बन्द हुन्छ।”
“कैयौँ मानिसहरूले आफ्नो कपालबाट चिल्लो निखार्न स्याम्पूको प्रयोग गर्छन् र त्यसपछि कन्डिस्नर प्रयोग गर्छन्। यदि तपाईँले त्यो क्रम रोक्नुभयो भने तपाईँको कपाल ती सामग्री लगाउनुभन्दा अघिको जस्तै देखिन्छ।”
हम्ब्लिनले सुरुमा कम साबुन र स्याम्पु प्रयोग गर्दै आफ्नो परीक्षण आरम्भ गरेका थिए। त्यसपछि उनले दैनिक नुहाउनको साटो हप्तामा तीन पटक नुहाउन थाले र त्यसपछि पूर्णरूपमा नुहाउन बन्द गरे।
“कुनैकुनै बेला मलाई नुहाउने चाहना एकदमै उच्च हुन्थ्यो। गन्ध आउँथ्यो। तर त्यो बिस्तारै कम हुँदै गयो।” उनले भने। तर नुहाउन बन्द गरेपछि एउटा नियामक प्रक्रिया अघि बढ्छ जसले पर्यावरणीय चक्रलाई स्थिर बनाउँछ र हामी नराम्रो गन्ध महसुस गर्न छाड्छौँ।
“तपाईँले वास्नादार पानी वा अत्तरको जस्तो गन्ध पनि पाउनुहुन्न। तपाईँले मानिसको जस्तो मात्रै गन्ध पाउनुहुन्छ।” सन् २०२० को अगस्टमा दिएको अन्तरवार्तामा हेम्ब्लिनले आफूबाट नराम्रो गन्ध फैलिनसक्ने चिन्ता भए पनि मानिसहरूले शिष्ट देखिन त्यसलाई व्यक्त नगरेका हुन कि भन्ने चिन्ता छ कि छैन भनेर सोधिएको थियो।
त्यसको जवाफमा उनले त्यस्तो अवस्थामा नहिचकिचाउन आफूले साथीभाइ र चिनजान भएका व्यक्तिलाई भनेको उल्लेख गरेका थिए। हेम्ब्लिन भन्छन् उनको नयाँ गन्ध उनकी श्रीमतीलाई मन पर्छ र त्यो ‘नराम्रो’ नभएको अरू व्यक्तिले ठान्छन्।
के हेम्ब्लिनले नुहाउन पूरै छाडेका हुन्? एकदमै प्रस्ट फोहर देखिएको अवस्थामा वा व्यायामपछि आफूले अझै पनि शरीर पुछ्ने उनी बताउँछन्।हेम्ब्लिन सरसफाइ भनेको के हो भन्नेबारे सबैको एउटै अवधारणा नहुन सक्ने विश्वास गर्छन्।
उनको विचारमा नुहाउने बानीलाई चाहिनेभन्दा बढी महत्त्व दिइएको हुनसक्छ। उनले भनेका छन्, “म यसलाई स्वास्थ्य आवश्यकताभन्दा पनि रोजाइका रूपमा लिन्छु।”
तर हेम्ब्लिनले मानिसहरूलाई नुहाउन छाड्न सुझाव नदिने पनि उल्लेख गरे।
स्रोत: बीबीसी








