Ad #144479

एजेन्सी । आजकल सबैको हात हातमा मोबाइल फोन देखिन्छ । सबैले विभिन्न प्रयोजनका लागि मोबाइल फोनको प्रयोग गर्छन् । मोबाइल फोनको बढ्दो प्रयोगले मानिसको स्वास्थ्यमा कैयौं गम्भीर प्रश्नहरु उब्जाउन थालेको छ ।

प्रायः मानिसले मोबाइल पाइन्टको खल्तीमा राख्ने गरिन्छ । तर यसरी खल्तीमा मोबाइल राख्दा त्यसको नकारात्मक प्रभाव के रहन्छ भने ज्ञान हुँदैन । हालै अस्ट्रेलियाको विश्वविद्यालयका गरिएको एक रिसर्चका अनुसार विशेषतः पुरुषले पाइन्टको खल्तीमा मोबाइल राख्दा मोबाइलको बिकिरणका कारण वीर्य निस्कासनमा असर हुन गई प्रजनन क्षमतामा नकारात्मक प्रभाव पार्ने तथ्य पत्ता लगाएका छन् ।

मोबाइल खल्तीमा राख्दा मोबाइलबाट रेडियो फ्रिक्वेन्सी इलेक्ट्रो म्याग्नेटिक बिकिरणका माध्यमबाट पुरुषको वीर्य निष्कासनमा प्रभावित हुने गर्छ । मोबाइल फोनका बेफाइदा

  • मोबाइल फोन फुट्यो या हरायो भने यसमा रहेका फोटो, भिडियो, अरुको नम्बर आदि सबै चिज हराउँछ ।
  • मोबाइल फोनबाट निस्किने रेडिएशनले हाम्रो स्वास्थ्यमा समस्या देखा पर्न सक्छ ।
  • मोबाइल फोनको बढी प्रयोग गर्दा हाम्रो कान या आँखा कमजोर हुन सक्छ ।
  • गाडी चलाउँदा मोबाइल फोनको प्रयोग गर्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ ।
  • बाँझोपनमा समस्या ल्याउने चालिस प्रतिशत कारण मध्ये पुरुषले मोबाइल पाइन्टको खल्तीमा राख्ने कारण हुने अनुसन्धानबाट पत्ता लागेको छ ।