प्राय जसो होटलमा पाक्ने पिठोजन्य खाद्य पदार्थ मैदाबाट बन्ने गर्दछ । प्याकेट बन्द गरिएका खाद्य पदार्थमा पनि मैदाको प्रयोग हुने गर्दछ । मैदा हाम्रो स्वास्थ्यकालागी अस्वस्थ्यकर हुन्छ । त्यसैले आँटा वा गहुको चोकरयुक्त पिठोको रोटी खानु उत्तम हुन्छ ।
स्वास्थ्यको लागि आँटा खानुको फाइदाहरु :
१) आँटाको सेवनले हामीलाई कब्जियतको समस्याबाट समेत छुटकारा दिलाउँछ ।
२) चोकरयुक्त आँटामा भरपुर मात्रामा फाइबर हुने भएकाले यसको सेवनले पाचन सम्बन्धी कुनैपनि समस्या हटाउन सक्छ ।
३) चोकरयुक्त आँटाको सेवनले टिबीजस्ता खतरनाक रोगबाट लड्ने क्षमता विकास हुन्छ ।
४) चोकरयुक्त आँटाको सेवनले रगतमा इम्यूनोग्लोब्यूलीन्सको मात्रा बढाउँछ । जुन शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत उपयोगी हुन्छ ।
५) पाइल्सको समस्या भएकाहरुले चोकरयुक्त आँटाको सेवन गर्नु अत्यन्त राम्रो हुन्छ । यसले आन्द्रा तथा मलाशयको क्यान्सर हुनबाट पनि बचाउँछ ।
६) चोकरयुक्त आँटाको सेवनले कोलेस्ट्रोल कम गर्ने, मोटोपनको समस्या र हृदयघात जस्ता रोगमा समेत लाभ पुर्याउँछ ।
७) चोकरयुक्त आँटाले पेट सफा राख्दछ ।











