एजेन्सी। हरेक मान्छेले आफ्नो बिहेको सपना देखेको हुन्छ । जिउँदोको जन्ती, मर्दाको मलामी भन्ने उखानै छ । अर्थात्, बिहे भन्ने कुरा जिवित मानिसको मात्र हुन्छ ।
तर चीनमा एकजना युवकले आफ्नी प्रेमिकाको शवसँग बिहे गरेका छन् । ३५ वर्षका जू शिनान नामका ती युवकले प्रेमिकाको लाससँग बिहे गरेको घटनाको अन्तरकथा निकै नै मार्मिक छ ।
मिडिया रिपोर्ट अनुसार जू शिनान र उनकी प्रेमिका यांग लियूबीच केही वर्षदेखि प्रेम सम्बन्ध थियो । उनीहरुले बिहेको मन्जुरीका लागि सन् २०१३ मै अदालतमा निवेदन दिएका थिए र अदालतले उनीहरुलाई बिहेको स्विकृति पनि दिइसकेको थियो । तर त्यसको ३ महिनापछि नै यांगलाई स्तन क्यान्सर लाग्यो ।
जुले आफ्नी प्रेमिका अस्पतालमा भर्ना हुनुभन्दा पहिले नै आफ्नो लागि विवाहको कपडा छानेको थाहा पाएका थिए ।यांगको मृत्युको एक हप्तापछि अन्तिम संस्कारको बेला उनले यांगको शवलाई वेडिङ गाउन लगाइदिए र विधिपूर्वक बिहे गरे । त्यसका अलावा उनले प्रेमिकाको शवमा १६९ वटा फूलका गुच्छा पनि राखिदिए ।
प्रेमिकाको शवसँग बिहे गरेसँगै जू निकै भावुक बने । उनले मृत प्रेमिकालाई सम्झिदै भने, ‘तिमीले सधै भन्ने गर्दथ्याैं कि मेरो अन्तिम संस्कारको बेला कोही पनि नरोउन् । तर म आफैले रुवाई रोक्न सकिन ।











