मानिसहरु स्वास्थ्य रहन के सम्म गर्दैनन् । स्वास्थ्य रहनहामी खानपानदेखि जीवनशैलीसम्म सुधारगर्न समेत लागि पर्छौं । धेरै मानिसहरु किसमिस खाने गर्दचन तर किसमिसका गुणका बारेमा सायदै धेरै कमलाई थाहा होला ।
किसमिसको स्वादमात्र नभएर यसको प्रभाव र गुण पनि स्वास्थ्यका लागी लाभदायक हुन्छ । किसमिस मात्र होइन, यसको पानी पनि अत्यन्त लाभदायक मानिन्छ । किसमिसको पानीले हाम्रो शरीरमा मेटाबलिज्मको स्तर नियन्त्रित गर्दछ ।
किसमिस पानी तयार पार्ने तरिका :
स्वास्थ्यका लागि फाइदाजनक हुने किसमिसको पानी तयार पार्न एक मुठि किसमिसलाई रातभर पानीमा भिजाएर राख्नु पर्दछ । बिहान सोहि पानीमा भिजको किसमिसलाई मिचेर पिउनु लाभदायक हुन्छ ।
तर स्मरण रहोस्, गहिरो रंगको किसमिस मात्र छानेर खानु पर्दछ । सफा वा चम्किलो किसमिसमा रसाइनको प्रयोग भएको हुनसक्छ । जो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
किसमिस पानी खानुका फाइदाहरु
१. हरेक बिहान किसमिस पानीपिउनाले मुख्य गरी पेट सम्बन्धी रोगबाट बचाउन सहयोग गर्दछ । किसमिस पानीको नियमित सेवनले कब्जीयत र एसिडिटीबाट समेत छुटकारा पाउन सकिन्छ । साथै पाचन प्रणाली राम्रो बनाउँछ र थकानबाट राहतपनि दिन्छ ।
२. बढ्दो कोलेस्ट्रोल लेवलका कारण विभिन्न स्वास्थ्य समस्या भोग्नु पर्दछ । तर किसमिस पानी पिउनाले कोलेस्ट्रोल बढ्ने समस्याबाट राहत पाउन सकिन्छ ।
३. किसमिसको पानीमा फ्लेवेनइड्स एन्टी अक्सीडेन्ट भरपुर मात्रामा पाइन्छ जुन हाम्रो छालामा आउने चाउरीपना कमगर्न लाभदायक मानिन्छ । बढ्दो उमेरमा चाउरीपनाबाट मुक्ति पाउन किसमिस पानीको सेवन अत्यन्त फाइदाजनक हुन्छ ।
४.किसमिस पानीले शरीरमा मेटाबलिज्मको स्तर नियन्त्रित हुने गर्दछ । साथै किसमिस पानी अमाशयमा रस बनाउन असरदार मानिन्छ । यसको नियमित सेवनले मानिसको आमाशय स्वस्थ रहन्छ ।











