हामि धेरैको घरमा तुलसी हुन्छ । तुलसी जाडो याममा निकै उपयोगी हुन्छ। साथै आर्युवेदमा यसको खास महत्व छ । तुलसी मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ । किनभने जाडोमा रुँघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या हुनेगर्छ । यस्तो अवस्थामा तुलसीले औषधीको काम गर्छ ।
नियमित रुपमा तुलसी सेवन गर्ने व्यक्तिलाई रोगको संक्रमण हुँदैन । तुलसी सेवन गरिरहँदा अनेकौ रोगबाट सुरक्षित भइन्छ । तुलसीको पात लाई दुई चम्चा पानीसँग वा पिसेर सेवन गर्न सकिन्छ । तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन अनि चिसो लागेको छ भने पनि कफ निकाल्छ र छातीको दुखाई पनि कम गर्छ ।
त्यस्तै तुलसीको प्रयोगले ज्वरोको समस्या पनि हुँदैन ।अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात र पिसेको मरिच चाहिन्छ अनि सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमालेर पाँच मिनेटजति छोप्नुपर्छ । अनि पिउनुस यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ ।
यदि तपाईंलाई श्वासप्रश्वास सम्बन्धी समस्या , टाउको दुख्ने समस्या छ , मुटुलाई स्वस्थ्य राख्ने, तनाव लगाएत धेरै समस्या समाधान हुन्छ तुलसीको सेवन गर्दा ।











