Ad #144479

एजेन्सी : सामान्यतया स्वस्थ महिलाहरुको महिनावारीका बेला हुने रक्तश्राव तीनदेखि पाँचदिनसम्म हुने गर्छ । विशेषगरी बाहिर जानुपर्ने अवस्थामा यसले कुनै बेला निकै तनाव पनि दिने गर्छ ।

यस्तो बेला कतिपय अवस्थामा आफ्नो महिनावारीको रक्तश्रावलाई प्राकृतिक रुपमा नै चाँडै समाप्त गर्न सकिन्छ । यहाँ जुन तरिकाबारे जानकारी दिइएको छ ती सुरक्षित त छन् तर यसले सबैलाई शत प्रतिशत असर पुर्याउँछ भन्ने छैन ।

तर इमर्जेन्सीका बेला प्राकृतिकरुप मै महिनावारीका बेला हुने रक्तश्राव चाँडै नै रोक्न यी तरिका अपनाउन के समस्या त ?

सेक्स गर्नुहोस्

हो तपाईंले सही पढ्नुभयो । एक स्वस्थ शरिर तपाईंको शरिरका लागि मात्र राम्रो नभई यसले तपाईंको महिनावारीको रक्तश्राव पनि चाँडै नै रोक्छ । यतिमात्र होइन । महिनावारीका बेला तपाईंलाई अत्यधिक पेट दुख्छ भनेपनि यसले धेरै सहयोग गर्छ । सेक्सको क्रममा तपाईंको गर्भाशयमा केही संकुचन हुने गर्छ । संकुचनका कारण रगत एक झट्कामा शरिरबाट बाहिर निस्कन्छ । जसले तपाईंको महिनावारी चाँडै नै समाप्त हुन मद्धत पुर्याउँछ ।

दैनिक व्यायाम गर्नुहोस्

यदि तपाईं दैनिक व्यायाम गर्नुहुन्छ भने यसको असर तपाईंको महिनावारीको साइकलमा पर्ने गर्छ । व्यायाम गर्न जति नै मन नलागेपनि यदि तपाईं आफ्नो महिनावारीको रक्तश्राव चाँडै रोकियोस् भन्ने चाहनुहुन्छ भने तपाईंले थोरै मेहनत त गर्नैपर्छ । तपाईंको रक्तश्राव निकै हल्का हुन्छ, धेरै समयसम्म रक्तश्राव भइराख्दैन । साथै महिनावरीका बेला पेट दुखाई पनि कम हुन्छ ।

भिटामिन सी खानुहोस्

तपाईं सही मात्रामा भिटामिन सी खानुहुन्छ भने यसले तपाईंको शरिरमा प्रोजेस्टेरोनको मात्रा कम गराइदिन्छ । प्रोजेस्टेरोन एक प्रकारको हर्मोन हो जुन तपाईंको गर्भाशयमा हुन्छ । भिटामिन सीका कारण गर्भाशयको आन्तरिक सतह चाँडै नै टुट्ने गर्छ । यो महिनावारीको रगतको हिस्सा हो । जति छिटो यो सतह शरिरबाट निस्कन्छ त्यति नै चाँडै महिनावरीको रक्तश्राव समाप्त हुन्छ । यसका लागि अत्यधिक पानी पिउन आवश्यक हुन्छ । सुन्तला, कागती आदिमा भिटामिन सी को मात्र अत्यधिक पाइन्छ । साथै, भिटामिन सी अत्यधिक मात्रामा लिनुअघि डाक्टरसँग सल्लाह गर्नुहोस् ।

हरियो सागसब्जी खानुहोस्

अनुसन्धानका अनुसार शुद्ध शाकाहारी महिलाहरुको महिनावारी छोटो हुन्छ । शाकाहारी महिलामा आइरनको कमी हुने भएकाले यस्तो हुन्छ । साथै ,चाहे जे सुकै होस् हरियो सब्जी खाँदा कुनै नोक्सानी भने हुँदैन ।