एजेन्सी । सुखी जीवनका लागि हिन्दू शास्त्रमा धेरै नियम र उपायहरु रहेका छन् । शास्त्रमा रहेका नियमहरुको सही पालनाले जीवन सुखमय रहन्छ ।
गरुड पुराणमा यस्ता चार प्रकारका कामको वर्णन पाइन्छ जुन स्त्री वा पुरुष दुबैले कहिल्यै अधुरो छोड्न नहुने उल्लेख गरिएको छ ।
ऋण वा उधारो
कुनै पनि ब्यक्तिले कसैको उधारो वा ऋण लिएको छ भने त्यसलाई पुरै चुक्ता गर्नु उत्तम हुन्छ । ऋण वा उधारो पूर्ण रुपमा नतिर्दा सम्म त्यसले अनेक झन्झट दिने हुन्छ । उधारोमा हिसाव गडबड हुने र ऋणमा ब्याजले ढाड सेक्ने खतरा सँधै कायम रहन्छ ।
आगो
यदि कहिँ आगो लागेको छ भने आगो सम्पूर्णरुपमा निभाउनु बुद्धिमानी हुन्छ । सानो भनेर आगोको अंश पनि छोडियो भने त्यसले भिषणरुप धारण गर्न कत्ति पनि बेर लगाउँदैन ।
शत्रुता
जीवनमा कसैसँग पनि शत्रुता कायम राखेर छोड्नु हुँदैन । शत्रुता कायम रहेमा जीवनमा यसले समयमा समयमा दुःख र झन्झट ल्याइरहने भएका कारण शत्रु सँधै डरको कारण बनिरहन्छ जसले जीवनमा शान्ति र सुख पाउन कठिन हुन्छ ।
रोग
कुनै पनि ब्यक्तिलाई कुनै रोग विमार लागेमा रोगको पूर्ण निवारण गर्नु पर्छ । सामान्य भन्दा सामान्य रोगलाई पनि राम्रोसँग उपचार नगर्दा पुनः त्यही रोगले सताउने वा बारम्बार दुःख दिने हुन्छ । रोगलाई कहिल्यै पनि अधकल्चो पारेर छोड्नु हुँदैन सँधै निवारण गरेर उपचार गर्नु पर्छ नीतिमा उल्लेख छ ।











