Ad #144479

एजेन्सी । धेरै मानिसले यसलाई एक प्रकारको बानि मात्र ठानेर वेवास्ता गर्दछन् । तपाईं बस्दा वा पल्टिँदा खुट्टा हल्लाइरहनुहुन्छ भने यो रेस्टलेस सिन्ड्रोम हो । शरीरमा आइरनको कमी भएमा यस्तो लक्षण देखिन्छ ।

यो समस्या संसारभरिका १० प्रतिशत मानिसमा हुन्छ । धेरैजसो अवस्थामा ३५ वर्षभन्दा माथिका मानिसमा यो समस्या देखिन्छ ।

के हो रेस्टलेस सिन्ड्रोम ?
रेस्टलेस सिन्ड्रोमएक प्रकारको स्नायु प्रणालीको रोग हो । खासमा खुट्टा हल्लाउँदा शरीरमा डोपामाइन हर्मोन उत्पादन हुन्छ । जसकारण व्यक्तिलाई घरिघरि हल्लाउन मन लागिरहन्छ । डोपामाइनले मानिसको मष्तिकमा सुखको अनुभूति दिलाउँछ । शरीरमा आइरनको कमी भएमा यो सिन्ड्रोम देखापर्छ । यो ३५ वर्षभन्दा माथिका उमेरका मानिसमा बढि मात्रामा हुने गर्दछ । तर कतिपय अवस्थामा गर्भवती महिलाहरू, अत्यधिक रक्सी सेवन गर्ने, रुघा वा एलर्जीको औषधि खाने मानिसमा पनि यो सिन्ड्रोमको देखा पर्दछ ।

यो समस्याबाट छुटकारा पाउन निम्न कुरा अबलम्बन गर्नुपर्छ :
१. रक्सी, क्याफिन र चुरोट खान छाड्नुस् ।
२. नियमित समयमै र पर्याप्त सुत्नुहोस् ।
३. सुत्नुअघि केहिबेर खुल्ला हावामा घुम्नुहोस् ।
४. तर सुत्नुअघि कठिन व्यायाम नगर्नुस् ।