तपाईं अग्लो हिल भएको जुत्ता–चप्पल लगाउनु हुन्छ, साबधान हुन् सक्छ यस्तो जटिल समस्या

एजेन्सी । हिजोआज अधिकांश सहरी महिला अग्ला हिल भएका जुत्ता–चप्पल लगाउन मन पराउँछन् । यस्ता जुत्ता–चप्पल लगाएर युवतीहरू आफूलाई फेसनेबल देखाउन चाहन्छन् ।

के तपाई आफ्नो सौन्दर्य बढाउन या स्मार्ट देखिन भन्दै अग्लो हिल भएको जुत्ता या चप्प्पल लगाउँदै हुनुहुन्छ ? त्यसो हो भने सावधान । त्यसो त उचाइ कम भएका युवतीको रोजाइमा पनि अग्ला हिल भएका जुत्ता–चप्पल पर्ने गरेका छन् । फेसन र क्षणिक सन्तुष्टिका लागि प्रयोग गरिएका यस्ता जुत्ता–चप्पलले स्वास्थ्यमा समस्या निम्तिन सक्छ भन्नेमा सचेत हुन जरुरी छ ।

लामो समयसम्म वा नियमित अग्ला हिल भएका जुत्ता–चप्पल लगाउँदा खुट्टाको स्वरूप नै बिग्रिने, सुन्निने, लगातार खुट्टा दुख्ने तथा नसामा समस्या आउँछ ।

खुट्टामा समस्या
लामो समयसम्म वा नियमित अग्ला हिल भएका जुत्ता–चप्पल लगाउँदा खुट्टामा समस्या देखिन्छ । यसले खुट्टाको स्वरूप नै बिगार्ने, सुन्निने, लगातार खुट्टा दुख्ने तथा त्यहाँको नसामा समस्या आउनेजस्ता समस्या देखिन्छन् ।

मेरुदण्डमा समस्या
सानै उमेरदेखि अग्लो हिल लगाउँदा युवावस्थापछि घुँडा र मेरुदण्डमा नकारात्मक असर पार्छ । यसका कारण घुँडामा अतिरिक्त दबाब पर्छ । जसले गर्दा अर्थाइटिस, ब्याक पेन, मांसपेशीमा दुखाइजस्ता समस्या देखिन्छन् ।

दुर्घटनाको डर
हामीले हिँड्ने सबै बाटा सीधा हुँदैनन् । अग्ला हिल लगाएर अफ्ठ्यारो बाटोमा हिँड्दा दुर्घटनाको डर हुन्छ । चिप्लो, ओरालो वा नमिलेको बाटोमा हिल सजिलैसँग अड्याउन गाह्रो हुने भएकाले त्यस्ता ठाउँमा लड्न सक्ने जोखिम बढ्छ ।

[sidebar name="button post"]