सख्खरसँग तातो पानी
सख्खरमा भरपुर मात्रामा पोषण हुन्छ । बिहान उठ्ने बित्तिकै सख्खर खाएर तातो पानी पिउने हो भने यसले शरीरको पाचन तन्त्र बलियो हुनुका साथै शरीरको रोग प्रतिरोधी क्षमता पनि बलियो हुन्छ ।
तातो पानीसँग लसुन
लसुनले खानाको स्वाद बढाउने काम गर्छ, यस्तै यो शरीरका लागि फाइदाजनक पनि हुन्छ । यसमा यस्ता थुप्रै पोषक तत्व हुन्छन् जसले विभिन्न कारणले रोगसँग लड्न सहयोगी भूमिका खेल्ने गर्छ ।
तातो पानीसँग कागती र मह
तातो पानीसँग कागती र महको सेवनले तौल कम हुन्छ । महमा थुप्रै एन्टिब्याक्टेरियल गुण हुन्छ जसले शरीरलाई संक्रमणबाट जोगाउन सहयोग गर्छ । कागतीमा भिटामिन सी भरिपूर्ण हुन्छ जसले शरीरको प्रतिरोधी क्षमता बलियो बनाउँछ ।
तातो पानीसँग बेसार
बेसारमा करक्यूमिन तत्व हुन्छ जसले शरीरको क्यान्सरको खतराबाट जोगाउँछ । बेसारको सेवनले शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो हुन्छ ।










