एजेन्सी । हातका रेखाले धेरै कुरा बताउँछ । कुनै मानिसको कहिले बिहे हुन्छ । हातका रेखाहरुले प्रेमका बारेमा केही इशारा गरेका हुन्छन् । जसमा तपाईको प्रेम सच्चा हो वा स्वार्थी भन्ने बारेमा अन्दाज लगाउन सकिन्छ ।
कति बच्चा हुन्छन् । जागिर कस्तो हुन्छ ? यी सबै कुराहरु हस्तरेखामा हुन्छ । त्यसलाई ठीकसँग हेर्न जान्नुपर्ने हुन्छ । कयौंपटक केटाहरु आफ्नो प्रेमिकाप्रति शंका गर्दछन्, पहिला उनको कसैसँग सम्बन्ध थियो कि ? यस्तो सोचले सम्बन्धमा खटपट पनि पैदा हुन्छ । यसकारण यस्तो आशंका हटाउनु सम्बन्धका लागि फाइदाजनक हुन्छ ।
हातमा हुने हृदयरेखा बुध पर्वततिर गएर पुच्छरजस्तै आकार छ भने त्यसले प्रेम सम्बन्ध गहिरो हुने दर्शाउछ । यस्ता व्यक्ति आफ्नो प्रेम सम्बन्धलाई गोप्य राख्न सफल हुन्छन् ।हृदय रेखा बुध पर्वतबाट तल हुन्छ । हत्केलामा बुध पर्वत कान्छीऔलामुनी हुन्छ । यो रेखा माझीऔलामुनीसम्म गएको हुन्छ ।
के हो त मणिबन्ध रेखा ?
हाम्रो हातमा जहाँबाट हत्केलो प्रारम्भ हुन्छ त्यहाँ हुने केही रेखालाई मणिबन्ध भनिन्छ । हत्केलोको यो भागमा हुने रेखा ब्यक्तिको उमेर र भाग्यसँग सम्बन्धित हुन्छन् ।
हातमा धेरै कम रेखा हुनु
यस्ता व्यक्ति आफ्नो बचनको पक्का हुनुका साथै जिद्दी स्वभावका हुन्छन् । हातमा कम रेखा हुने व्यक्ति कहिल्यै कसैका लागि बदलिँदैनन् । यस्ता व्यक्तिसँग सम्बन्ध गाँस्नु र सम्बन्ध टिकाइ राख्नु तथा कुरा गर्न पनि गाह्रो हुने गर्छ।
जीवन रेखा
जीवन रेखा तपाईको हातमा हुने महत्वपूर्ण रेखा हो । जसमा तपाईको जीवन र जीवनमा हुने महत्वपूर्ण घटनाको रहस्य लुकेको हुन्छ । यदी यो रेखा गहिरो र लामो छ भने तपाईको स्वास्थ्य राम्रो हुने छ । यस्तै रेखा पातलो र छोटो छ भने जीवनमा अनेक कष्ट र दुःख सहनुपर्ने हुन्छ।
हृदय रेखा
हृदय रेखामा तपाईको प्रेम तथा नाता–सम्बन्धसँग जोडिएका कैयौं रहस्य लुकेका हुन्छन् । यदि तपाई कुनै व्यक्तिको बारेमा जान्न चाहनुहुन्छ कि, त्यो व्यक्ति भावुक छ या छैन भनेर रु तपाई उसको हातमा भएको हृदय रेखा हेरर अन्दाज लगाउन सक्नुहुन्छ।
मस्तिष्क रेखा
मस्तिष्क रेखा कुनै व्यक्तिको ज्ञान तथा विवेकको जानकारी दिन्छ । साथै यसबाट तपाईको मनोविज्ञानबारे पनि जानकारी लिन सकिन्छ । यो रेखा छोटो हुनुको अर्थ हो कि, तपाई जिन्दगीका जुनसुकै फैसला पनि एकदम सजिलै लिन सक्नुहुन्छ।
भाग्य रेखा
यो रेखा बीच बीचमा टुटेको हुनु अथवा पातलको हुनुको अर्थ हो कि तपाईको भाग्य बुलन्द छैन । तपाईले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । यदि यो रेखा तपाईको औंलाबाट सुरु भएर जीवन रेखा छुन्छ भने तपाईलाई परिवार र साथीहरुबाट सधैं सुख प्राप्त हुने छ।
सूर्य रेखा
यो रेखाको बारेमा धेरै व्यक्तिलाई जानकारी नै हुँदैन । यो रेखा तपाईको हातको पञ्जामा ठाडो रुपमा कोरिएको हुन्छ । जसबाट थाहा हुन्छ कि, कुनै व्यक्ति कति रचनात्मक हुन्छ । साथै कुनै व्यक्तिमा कति आत्मविश्वास र योग्यता छ भन्ने अनुमान पनि यो रेखाबाट गरिन्छ । धेरैजसो मानिसहरुमा यो रेखाको अभाव हुन्छ।
छोटा र पातला रेखा
हामीमध्ये धेरै व्यक्तिका हातमा छोटा र पातला धेरै रेखा हुन्छन् । यस्ता व्यक्ति धेरै संवेदनशील मानिन्छन् । साथै समय आउँदा यस्ता व्यक्ति सही र गलतको बीचमा फरक छुट्याउन दुविधामा पर्ने गर्छन्।











