भोजन ग्रहणका पनि केही संस्कृति रहेका छन् । हातले गरिने भोजन, काँटा वा चम्चाले गरिने भोजन वा चपिस्टिकले गरिने भोजन ।
नेपाल लगायत भारत वा दक्षिण एसियाली मुलुक लगायतका देशमा परापूर्व कालदेखि खाना विशेष गरी भात खाँदा पाँच औंलाको प्रयोग हुने गरेको छ । तर पछिल्लो चरणमा हातले खाना खान घिन मान्ने र चम्चा वा काटाको प्रयोग गर्ने नयाँ पुस्ताको संख्या बढ्दो छ ।
काँटा र चम्चाको उपयोगले सजिलै र छिटै खान सकिन्छ होला तर यो शरीरमा रक्त प्रवाह असन्तुलित बनाउन पनि सक्छ । अन्तमा तपाईलाई मधुमेहको जोखिममा पु¥याउन पनि सक्छ ।
भात मुछेर हातले खाने पुस्तामाथि नयाँ पुस्ताले खिसि गर्ने गरेको पाइन्छ । हात फोहर भएको अवस्थामा चम्चाको प्रयोगलाई अस्वभाविक मान्न सकिँदैन । तर हात सफा गरेर खाना खाँदा त्यसबाट प्रत्यक्ष फाइदा पुग्छ । आयुर्वेदका अनुसार खाना पाँच औंलाको संगमबाट बन्ने मुद्राले स्वास्थ्यलाई फाइदा पुग्छ भने पाचन प्रकृयालाई पनि यसले फाइदा गर्छ ।
विभिन्न अध्ययन अनुसार हातले खाना खाँदा जुन तृप्ती मिल्दछ त्यो चम्चा वा काँटाले खाँदा मिल्दैन । आयुर्वेदका अनुसार सिधै हातले भोजनको स्वाद लिँदा त्यो बढि पौष्टिक हुन्छ । प्राकृतिक विज्ञानका अनुसार हातले खाना खाँदा हामीले थालमा रहेका खानेकुरालाई सही तरिकाबाट मिसाउन पाउँछौँ । यदि चम्चाले खाने हो भने त्यो काम पेटले गर्नुपर्छ ।
पेटले गर्नुपर्ने प्रारम्भिक काम हातले नै गरेपछि पाचन क्रियामा पेटमाथिको दबाब कम हुन्छ र पाचन प्रक्रिया सन्तुलित हुन्छ । कब्जियत, अपच तथा डकार आउने जस्ता समस्या कम हुन्छन् ।
जब हामी चम्चाले खान्छौं तब हामीलाई थाहा हुँदैन की तरकारी वा खाना काँचो छ वा राम्रोसँग पाकेको छ । चिसो छ वा तातो छ भन्ने थाहा हुँदैन तर हातले खाना खाँदा हामीले यो कुरा थाहा पाउन सक्छौँ ।
हातले खाना खानुका फाइदा यस्ता छन् :
जब तपाई हातले भोजन गर्नुहुन्छ त्यतिवेला यी सबै तत्व सक्रिय हुन्छन् । र यसले खानालाई सन्तुलित राख्न र स्वस्थ राख्न सहयोग गर्छ ।
यूरोपीय सोसाइटी अफ एन्डोक्रिनोलोजीद्वारा प्रकाशित एक अध्ययनका अनुसार जो मानिस भोजन चाँडो चाँडो खान्छन् उनीहरुलाई दोस्रो प्रकारको मधुमेहको जोखिम रहन्छ ।
चम्चाले खाँदा चाँडो चाँडो खाइन्छ भने हातले खाँदा केही बढी समय लाग्छ । हालते मजाले मुछेर स्वाद लिएर खाने भएका कारण पनि मधुमेहको जोखिम कम हुन जान्छ ।











