Ad #144479

अहिले आधुनिक जीवनशैलीमा मोटोपन सबैको लागि समस्या बनिरहेको छ । सुन्दर देखिने प्रतिस्पर्धा पनि बढिरहेको समयमा लुगा लगाउँदा मोटोपनले व्यक्तित्वमा असर गर्ने डर पनि उत्तिकै हुन्छ । हामीले लुगालाई मिलाएर लगाउन जान्यौं भने मोटोपनलाई पनि लुकाउन सकिन्छ।

आजकल बजारमा जुन हाइवेस्ट ,लेगिङ्ग्स र जेगिङ्ग्सको चलन आएको छ। जुन मोटोपन भएकाहरुको लागि फाइदाको पक्ष हो । लो वेस्ट अथवा कम्मर मुनीको भागमा लगाउने पाइन्ट लगाउँदा पेट बाहिर निस्किन्छ र व्यक्ति झन् मोटो देखिन्छ। यदि हाइ वेस्ट लगाउने हो भने पेट सबै कपडा भित्र बस्छ र टप्स बाहिरबाट पेट देखिंदैन।

त्यसैगरी पेट लुकाउनको लागि ए लाइन टप्स लगाउनुपर्छ, जसमा छातीको भाग ठिक्कको र तलको भाग फुकेको हुन्छ । यदि स्कर्ट लगाउने चाहना छ भने स्कटलाई नाभी देखि माथी लगाउने र टप्स स्कर्ट भित्र पार्ने गर्नुपर्छ।