एजेन्सी । रिस भनेको प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो। रिस मानिसको भावनात्मक प्रक्रिया एकदमै ठूलो र जटिल समस्या हो ।
समय ,परिस्थिति र विचारअनुसार दैनिक रूपमा हाम्रो भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन् र यी भावनात्मक अवस्थालाई हाम्रो दिमागले निरन्तर सन्चालन गरीरहेको हुन्छ। तिनै विभिन्न भावनात्मक अवस्थाहरू मध्ये रिस एक हो।
कसैलाई तनाव हुन्छ, कसैको भावनामा चोट पुगेको छ भने त्यो मानिसको व्यवहारमा रिस देखिन्छ । रिस तत्काल व्यवस्थापन गर्न सकिँदैन तर दीर्घकालीन रुपमा रिसलाई कम गर्न पनि धेरै लामो अभ्यास चाहिन्छ ।
‘म रिस कम गर्छु’ भनेर तत्काल रिस कम गर्न सकिँदैन । मानिसको भावना, विवेकलाई नियन्त्रण गर्ने कुरा तत्काल हुँदैन, आउनै नदिन भन्दा पनि रुपान्तरण गर्न सकिन्छ । सबै कुरा थाहा हुँदाहुँदै पनि हामी झनक्क रिसाउँछौ । रिसाएपछिको अवस्था हो, झोंक । रिसाएको अवस्थामा हाम्रो विवेक र संयमको ढोका बन्द हुन्छ । विवेक र संयमको ढोका बन्द भएपछि हामी अनियन्त्रित हुन पुग्छौ ।
समस्या
रिसाउनु समस्या पनि हो । सबै मानिसमा भावना हुन्छ । तर, स–साना कुरामा रिसाउनु, खुसी हुनु, निराश हुनु आन्तरिक दुर्बलता हो । बढी रिसाउने समस्या भएका मानिस सामान्य कुरामा पनि बढी रिसाउने गर्छन् । यस्ता मानिस सामान्यतया महिनाको ३–४ पटक कुनै न कुनै झमेलामा पर्ने, दुर्घटनामा पर्ने, झगडा गर्ने गर्छन् ।
आक्रामक रुपमा नै आउने फरक व्यवहार र सोचाई नै माईन्ड स्विङ हो । छिनमै रिसाउने, छिनमै हाँस्ने, अरुलाई सुन्न मन नपर्ने, दिक्क लाग्ने, उराठ लाग्ने, कसैले भनेको नमान्ने, दिक्क लाग्ने, झण्झटिलो लाग्ने जस्ता लक्षण देखिएमा त्यो समस्या ‘मुड स्विङ’ हो । यो समस्या प्रायजसो बालबालिकामा हुन्छ । प्राथमिक श्रेणीका कारणहरू मध्ये तल उल्लेखित अवस्थाहरुमा हामी प्राय रिसाउँछौं। तनाव थकान, भोक, आर्थिक समस्या, असफलताको अनुभुति, नैरास्यता, दु:ख, कष्ट, अन्याय इत्यादि।
रिसको असरहरू
रिस उठेको अवस्थामा हामीले प्रभावकारी ढङ्गले आफ्नो विचार ब्यक्त गर्न अथवा सन्चार गर्न सक्दैनौं जसले गर्दा पारस्परिक सम्बन्धमा नकरात्मक असर पर्न सक्छ। प्राय: जसो परिस्थिति अनुसार रिस ब्यक्त गर्नु स्वस्थवर्धक प्रतिकृया नै हुन सक्छ। तर बारम्बार अत्यधिक मात्रामा र धेरै समयसम्म रिस उठ्ने, उग्र हुने, रिसको अभिव्यक्ति नियन्त्रण बाहिर जान थाल्यो भने यस्ले हाम्रो मानसिकतामा र शरीरमा प्रतिकूल असर पुर्याउन सक्छ। यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ। काममा, ब्यवहारमा र आपसी सम्बन्धमा प्रतिकूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ।
रिसलाई नियन्त्रण गर्ने उपायहरु धेरै छन्:
- ध्यान गर्ने बानि बसाले सहजै रिस नियन्त्रण गर्ने सकिन्छ ।
- शरीरको दबाबमा मनलाई राख्न सकेमा रिस उठ्दैन ।
- जो व्यक्ति बढि हास्छ उसलाई रिस एकदमै कम उठ्छ ।
- त्यसका साथै रिस कम गराउने एलोपेथिक औषधिहरु पनि पाइन्छ ।
- बिहान उठेर पुजा गरेर मात्र अरु काम सुरु गरेमा पनि रिस ९० प्रतिशत रिस आफैँ कम हुन्छ ।
- उच्च रक्तचाप बढि भएमा पनि रिस धेरै उठ्ने भएकाले उच्च रक्तचाप नियन्त्रण गरेमा पनि रिस कम उठ्छ ।
- शरीरमा रहेको सेरोटिनन् तत्व जति बढ्यो त्यति रिस उठ्छ । त्यसैले सेरोटिनन् तत्व कम गर्नका लागी हास्ने बानि बसाल्नुपर्छ ।
- जब व्यक्ति ध्यानमा लुप्त हुन्छ उसले रिस राग भुल्न सक्छ । त्यसैले सानो सानो कुराहरुमा पनि झनक्क रिसाइहाल्ने व्यक्तिले ध्यान गर्ने बानि बसाल्नुपर्छ ।











