Ad #144479

काठमाडौं । धेरैको प्रश्न हुन्छ । के साँच्चै एकाबिहानै हामीले ब्रेकफास्टको रुपमा खाने पाउरोटी कति फाइदाजनक छ । विज्ञहरूले पाउरोटी र मोटोपनाको सम्बन्धको बारेमा धेरै टिकाटिप्पणीहरू गर्दै आइरहेका छन्।त्यो त पिठोबाट बनेको परिकार हो यसले हामीलाई कतिको ‘ईनर्जी’ दिन्छ ।

स्वस्थ खानाको संसारमा पाउरोटीलाई त अझै महाखलनायक नै भन्ने गरिन्छ। तर पनि पाउरोटी मन नपराउने सायदै कोही होलान्!

पहिलो कुरा संसारका हरेक खान मिल्ने कुरा खान हुन्छ । सिर्फ विचार गर्नुपर्ने कुरा भनेको मात्रा हो । कुनै पनि कुरामा गहिरो मन नगर्नु हो । किनकी हानीकारक र बेफाईदा गर्ने सूचीमा रहेको पाउरोटीमा ग्लाइसेमिक इन्डेक्स को मात्रा धेरै भएकोले हाम्रो शरीरको लागि हानीकारक हुन्छ । यसमा फाइबर र कार्बोहाइड्रेटको मात्रा धेरै भएकोले फाइदाजनक पनि हुन्छ । तर बुझ्नुपर्ने कुरा के छ भने सेतो पाउरोटी पीठोलाई खारेर बनाइएको हुन्छ, त्यसैले यसमा पौष्टिक तत्व र फाइबरहरू पाइँदैनन्। त्यो प्रशोधनको क्रममा नोक्सान भइसक्छ ।

के पाउरोटी हानीकारक छ ? 

हामीले खाने धेरैजसो खानेकुराहरू स्वस्थ हुँदैनन् । कुनैमा धेरै बोसो हुन्छ भने कुनैमा चाहिने जति पौष्टिक तत्वहरू हुँदैनन्। कुनै-कुनै खानेकुरालाई त स्वस्थ खानाको शत्रु नै मानिन्छ।

के पाउरोटीले मोटोपना बढाउँछ त?

हो, बढाउँछ! तर धेरै खानुभयो भने मात्रै। त्यसैले आँटाको रोटी रोज्नुहोस् र दिनमा २\४ वटा खानुभयो भने मोटोपना बढाउने होइन कि झन् तपाईँको शरीर स्वस्थ हुँदै जानेछ।