एजेन्सी। नरिवलको पानी खानु मान्छेको स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा सबैलाई थाहा छ । नरिवल पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ। एउटा नरिवलमा करिब २ सय मिलीलिटर भन्दा बढी पानी हुन्छ।
नरिवल पानीले शरीरलाई तागत त दिन्छ नै, यसमा विषालु तत्वहरुबाट बचाउन सक्ने गुण पनि हुन्छ। एमिनो एसिड, बी कम्प्लेक्स, भिटामिन सी, एन्टिअक्सिडेन्ट लगायत तत्वहरु हामी नरिवल पानीमा पाउन सक्छौँ। यद्यपि यसले के के फाइदा पूराउँछ भन्ने सबैलाई थाहा नहुन सक्छ ।
अझ नरिवलको पानी खानु पुरुषको लागि भन्दा महिलाको लागि बढि फाइदाजनक हुन्छ भन्ने कुरा थाहै नहुन पनि सक्छ ।तर अनुसन्धानले के देखाएको छ भने नरिवलको पानी महिलाको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।
-
नरिवल पानीमा भिटामिन सी
-
यदि तपाई तौल कम गर्न चाहनुहुन्छ भने नरिवल पानी पिउनु एकदमै राम्रो हुन्छ ।
-
किड्नीलाई स्वस्थ बनाउनका लागि नरिवल पानीले सहयोग गर्छ। यसको सेवनले किड्नीमा स्टोन हुन दिँदैन।
-
शरिरमा पानी कम भएको समयमा, बान्ता भएको बेला, झाडा पखाला लागेको बेला नरिवल पानी फाइदाजनक साबित हुन्छ ।
-
थाइराइडको बिरामीको लागि एकदमै लाभदायक हुन्छ । बिहान नरिवल पानी पिउँदा थाइराइड हर्मोन सन्तुलिन हुन्छ ।
-
पिसाब पोल्ने, शरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन (शरीरमा पानीको मात्रा कम हुने समस्याबाट मुक्ति पाउन नरिवलको पानी उपयुक्त मानिन्छ ।
-
छालालाई पोषण दिनको लागि पनि नरिवल पानी एकदमै फाइदाजनक साबित हुन्छ । नरिवल पानी पिउने गरेमा छाला नरम र मुलायम बनिरहन्छ ।











