१६ पुष। धेरै जसो मानिसहरु कालोपनको कारण निकै चिन्तित रहने गर्छन। यस कारण पार्लरमा गएर छालाको उपचार गराउँने र विभिन्न कसमेटिक्स सामानहरु प्रयोग गरेर क्षणिक गोरो देखिए पनि यसले दीर्घकालीन रूपमा कुनै फाइदा नहुने देखिन्छ। यस कारण हामीसँग भएकै घरेलु सामानको प्रयोगबाट छालामा निखार ल्याएर सजिलै स्वस्थ र सुन्दर बन्न सक्छौं।
१) मधेसी बदाम र दूध
रातभरि पानीमा भिजाएको मधेसी बदामका केही दानालाई पिसेर मसिनो बनाउने । त्यसलाई थोरै दूध हालेर केहि समय घोल्ने र बिहानपख अनुहारमा लगाउने। केवल १५ मिनेटजति राखे पछि सफा पानीले पखाल्ने। यसले अनुहारको छालामा पोषण प्राप्त गराई छाला सुन्दर र चम्किलो बनाउन मद्दत गर्दछ।
२) तुलसी
सूर्यको हानिकारक किरणबाट छालामा पर्ने नकरात्मक प्रभावका कारण छाला कालो हुने गर्दछ। यस प्रभावलाइ कम गर्न तुलसीको पातलाई राम्रोसँग पिसेर छालामा प्रयोग गर्ने। दलेको केही बेरपछि मनतातो अथवा सफा पानीले पखाल्नु र निरन्तर प्रयोग पछि सुन्दर र चम्किलो छाला पाउनुहोस।
३) काँक्रो
काँक्रो खाएपछि के यसको गुदी फ्याक्ने गर्नु भएको छ? काँक्रो खादा स्वास्थ्यका लागि जति फाइदाजनक हुन्छ, यसको गुदी पनि त्यतिकै लाभदायक हुन्छ। काँक्रोको गुदीलाई पिनेर अनुहारमा दल्नुहोस। यसको दस मिनेट पछि चिसो पानीले अनुहार पखाल्नुहोस्। यसको प्रयोगले पनि ताजापन साथै छालामा चमक अनुभूती गराउछ।
४) कागती र धुलो बेसार
कागतिको रसलाई निचरेर त्यस्मा केही चम्चा नुन र बेसारको धुलो मिसाएर मज्जाले घोलेर अनुहारमा दल्नुहोस्। यसरी नियमित रुपमा लगाउने गरेमा पत्याउन नसकिने गोरोपना र मुलायम अनुहार हुने उल्लेख गरिएको छ। तर कागतीको रस लगाउँदा सुख्खा छाला भएकालाई विचार गर्नुपर्छ। यसले छाला झन् सुख्खा बनाउन सक्छ।
५) महः
महमा हुने भिटामिनले छाला गोरो बनाउन मद्दत गर्छ। यसकारण अनुहारमा मह लगाएर २ मिनेट जति मसाज गर्नुहोस। करिब १५ मिनेटपछि मनतातो पानीले पखाल्नुहोस। यसरी नियमित रुपमा लगाएमा गोरोपन पाउन सकिन्छ।











