Ad #144479

हामीहरु धेरै जसो कागतीको रस निचोरपछि यसको बोक्रा फ्याक्ने गर्दछौं। हामी फिट र स्वास्थ रहन कागतीको सेवन गर्ने गर्दछौं। तर, कागतीको रस जतिकै बोक्रा पनि हाम्रो स्वास्थकालागि फाइदाजनक छ भन्दा पत्यार नलाग्ला सक्छ ।

कागतिमा पाइने भिटामिनले हामीलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । क्कगतिमा पाइने तत्वले स्वास्थ्यसहित सुन्दरतामा समेत प्रभावकारी लाभ दिन्छ ।

कागतीको बोक्रा सेवन गर्नुको फाइदाहरु :

कोलेस्ट्रोल घटाउन उपयोगी

कागतीको बोक्राको सेवनले शरीरबाट कोलेस्ट्रोलको स्तर घटाउन मद्दत पुर्याउँछ । शरीरमा भएको कोलेस्ट्रोलको अधिक मात्राले मुटुलाई समेत हानी पुर्‍याउन सक्छ ।

तौल घटाउन मद्दत

कागतीको बोक्रा हाम्रो शरीरको तौल घटाउन पनि उपयोगी हुन्छ । यसको सेवनले शरीरमा जम्मा भएर रहेको अतिरिक्त बोसोलाई हटाउने काम गर्दछ । त्यस्तैले अनावश्यक तौल घटाउन सहयोग गर्दछ।

क्यान्सरबाट जोगाउँछ

कागतीको बोक्राको सेवनले क्यान्सरबाट समेत जोगाउँछ । यसमा रहेको तत्वले क्यान्सरका सेल्सहरुसंग लड्नका लागि सहयोग गर्छ ।

अनुहार चम्किलो बनाउँछ

कागतीको बोक्रा अनुहारमा दलेमा चाउरीपना, डण्डिफोर तथा गहिरो दाग समेत हराउने गर्दछ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई चम्किलो र आकर्षक देखाउँछ ।

भिटामिन सी पाइन्छ

कागतीको बोक्रामा क्याल्सियम तथा भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ । जसले हड्डीसँग सम्बन्धित रोग ओस्टियोपोरोसिस, अर्थराइटिस तथा इन्फ्लेमेटरी पोलिअर्थराइटिसबाट बचाउँछ ।