Ad #144479

एजेन्सी । धेरै देवी देवताको पूजाका नाममा आज पनि बली दिने परम्परा छ । केही रुढिवादी सोच भएका मानिसहरुले बलि दिँदा देवताहरु प्रसन्न हुने भ्रम फैलाएको कारण आज पनि हजारौ निर्दोष पशुहरुले त्यसको पीडा भोग्नु परेको छ ।

मानिसहरु यति सम्म स्वार्थी छन् कि यो सँसारमा म मात्र बाँच्नुपर्छ भन्नेहरु धेरै छन् । तर भारतको महाराष्ट्रमा नासिक जिल्लामा एउटा घटना भएको छ जहाँ छोराले आफ्नै आमालाई अन्धविश्वासको कारण हत्या गरेका छन् । भारतीय समाचारको अनुसार दुई छोराहरुले भाग्य उज्वल हुने भन्दै आफ्नी आमाको बली चढाएका हुन् ।

प्रहरीको अनुसार २ भाईले तान्त्रिकले दिएको सल्लाह अनुसार वृद्धा आमा र बहिनीलाई लगेर पुगेका थिए । त्यहाँ महिलाले बृद्धलाई पिटि पिटी मार्न थालेपछि बहिनी राही भागेर बचेकी थिइन् । तान्त्रिक महिलाले बृद्धको आँखा निकालि दिएकी थिइन् । एक स्थानमा गाडी दिइन् ।

यो घटना अलि अगाडी भएपनि सामाजिक कार्यकर्ताहरुले पछि थाहा पाएर प्रहरीलाई जानकारी दिएका थिए । हाल तान्त्रिक महिलालाई प्रहरीले गिरफ्तार गरेको छ र उनले अर्को पनि एक महिलाको हत्या गरेको स्वीकार गरेकी छिन्