Ad #144479

एजेन्सी । हरियो, पहेँलो केरा त देखिएकै हो । के तपाइँले रातो रंगको केरा देख्नुभएको छ ? के रातो रंगको केरा पनि हुन्छ र ? भन्नुहोला । हाम्रो देशमा नभएपनि दुनियाका केही देशमा भने रातो केरा पाइन्छ ।

तर अब अष्ट्रेलियामा उत्पादन हुने केरा एक प्रजाति रातो रंगको पनि छ । यसको रातो रङको केरालाई रेड डका भनिन्छ । अष्ट्रेलियामा उन्पादन भएको यो नयाँ प्रजातिको केरा खास विशेषता छ ।

रातो केराको यो प्रजाति सबैभन्दा पहिले कोस्टारिका देशमा फेला परेको थिए । अहिले पूर्वी अफ्रिका तथा दक्षिण अमेरिकामा यसको सबैभनदा धेरै उत्पादन हुने गरेको छ र विश्वका विभिन्न देशमा निर्यात समेत हुने गरेको छ ।

 रातो केरा वेस्टइीन्डज, मेक्सिको, जमैका, इक्वाडोर र अष्ट्रेलियामा पनि धेरै लोकप्रिय रहेको छ । यसको श्रेय भने ईस्ट अफ्रीका, साउथ अमेरिकाका केही देशहरुलाई दिने गरिन्छ । त्यहाँबाट पुरै विश्वमा निर्यात गरिन्छ । यो प्रजातीका केरा भारतको केरलामा पनि पाइन्छ । यो हल्का गुलाबी रङको हुन्छ र यसको स्वाद सामान्य तरिकाको जस्तै हुन्छ ।

  • रातो रङको केरा मुटु र डायबेटिज रोग भएका मानिसहरुलाई विशेष भुमिका खेल्छ ।
  • भिटामिन सी भरिपुर्ण भएको यस फलमा ११० क्यालोरी हुन्छ ।
  • यसमा फ्याट, कोलस्ट्रोल र सोडियम हुँदैन् ।
  • यसमा २९ ग्राम कारबोहाइड्रेट र एक ग्राम प्रोटीन हुन्छ ।
  • रातो केरामा पाइने पोटासियम हर्ट मसल्स र डाइजेस्टिव सिस्टमलाई सहि तरीकाले प्रयोग गरेमा सहायकको काम गर्छ ।