के तपाईंको कपाल फुलेको छ ? अब चिन्ता मान्नु पर्दैन

एजेन्सी । सामान्यतया कपाल फुल्नु (सेतो हुनु) लाई बुढ्यौली लागेको उपमा दिइने गरिन्छ । धेरैको निम्ति टाउको दुखाईको बिषय हो । तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ सही हुँदैन । आजभोलि कम उमेरमै कपाल फुल्नु धेरै नेपालीको साझा समस्या बनेको छ ।

एउटा निश्चित उमेरपछि कपाल फूल्नु स्वभाविक हो । यद्यपी अहिले कम उमेर वा किशोरवयमै कपाल सेतो हुने समस्या देखिन्छ । कपाल सेतो भएपछि त्यसलाई कालो बनाउन अनेक विधी अपनाइन्छ । धेरैले मेहेन्दी लगाउँछन् । यसले किशोरहरुको व्यक्तित्व विकासमा असर पर्छ नै, आत्माविश्वास पनि कमजोर हुन्छ ।

वशांनु गुण तथा प्रतिकुल वातावरणको प्रभावका कारणले गर्दा कपाल उमेर नपुग्दै फुल्ने समस्याले निकै चिन्तित बनाएको छ । अधिकांश मानिस चाहे पुरुष होस् या महिला ।

पोषण तत्वको कमी :
प्रोटिन, आइरन, भिटामिन बी १२, जिङ्कजस्ता पोषक तत्वको कमीले कपाल सेतो हुन्छ ।

वंशाणुगत गुण :
आमा, बाबा वा हजुरबा आमाको कपाल सानैदेखि फुलेको छ भने त्यसको असर पनि सन्तानमा देखापर्छ ।

आधुनिकताका नाममा बढी रसायनको प्रयोग :
कपालमा लगाउने विभिन्न मेहन्दी, कलर, सेम्पो, कन्डिसनर आदिको बढी प्रयोग गर्दा कपाल फुल्छ ।

विभिन्न रोग :
कम उमेरमा नै थाइराइड, एड्स, डिप्रेसन एनिमियालगायतका समस्या भएका व्यक्तिमा यस्तो समस्या देखापर्छ ।

कम उमेरमै कपाल फुल्नबाट बचाउने घरेलु उपाय :

एक लिटर पानीमा २ चम्चा
चियापत्ती राखेर उमाल्नुहोस्। मनतातो भएपछि त्यस पानीलाई छानेर त्यसैले कपाल धुने । यसपछि स्याम्पूको प्रयोग गर्ने ।

निबुवा
शुद्ध नरीवल तेलमा थोरै निबुवाको रस मिसाएर एकछिन उमाल्ने। नुहाउनुभन्दा १० मिनेट पहिला यस तेलले कपालको मालिस गर्ने।

अमला
अमलाको नियमित प्रयोगले सेतो कपालको समस्या समाधानमा सहयोग गर्छ । अमलामा मेहन्दी मिसाएर यसको घोललाई कपालमा लगाउनाले कन्डिसनिङको काम गर्छ । अमलालाई काटेर तातो नरिवलको तेलमा मिसाएर पनि लगाउन सकिन्छ ।

दही
मेहेन्दी पाउडर र दही बराबर मात्रामा मिसाएर कपालको मसाज गर्ने। हप्तामा १ चोटि यो उपाय अपनाउने। गाईको दूध हप्तामा एकचोटी गाईको काँचो दूधले कपालको मसाज गर्ने। मसाज पछि मनतातो पानीले कपाल धुने।

[sidebar name="button post"]